काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ५६८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
जसमा काठमाडौंमा ३४९, भक्तपुरमा ६९ र ललितपुरमा १५० जना संक्रमित थपिएको हो ।
योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या ७ हजार १८९ पुगेको छ ।
देशभर थप १,६४० जनामा कोरोना संक्रमण पुष्टि छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ ।