२ वर्षको कोरोना कहर पछि, मंसिर ४ गते भोट हालेर विश्व कपको रंगमा नेपाली

कुरा चुनावको
करिब ५ वर्ष पछि हुन लागेको प्रतिनिधि सभाको चुनावमा नेपालीले शासन सत्तामा कसलाई पुर्याउने भनेर छान्ने अधिकारको दिन मंसिर ४ गते तोकिएको छ । संयोग वश हरेक चार वर्षमा हुने खेलको महाकुम्भ मेलाको रुपमा लिइने विश्व कपको सरुवात पनि मंसिर ४ गते नै हुने भएको छ ।

यति बेला देशमा राजनीतिक सरगर्मी चडिसकेको छ , नेताहरू आफ्नो दल, गण लिएर जिल्ला पस्ने र वर्षौको तिक्ततालाई मित्रतामा परिवर्तन गर्ने बडो संघर्षमा छन् । एकै दिनको निर्णयले आफ्नो शासन अधिकार सुनिश्चित हुने हुँदा साम, दाम, डण्ड र भेद सबै नीति अंगालेर चुनावी मैदानमा जाने गर्छन् । त्यस्तै अहिले वैकल्पिक राजनीति गर्न खाज्ने.स्वतन्त्र पार्टी नै खोल्ने, बालेनका एक पछिका अर्का चमत्कारले युवाहरूलाई आफै उठ्न कम हौसला दिएको छैन ।

त्यस्तै गाउँ घरका नेपाली जनताले आफूले भोट हाल्ने मानिसलाई वर्षको कुनै पनि मौसममा देख्न नपाए पनि निर्वाचनको बेलामा देख्न पाउने भएकाले कसैले आफ्नो माग राख्ने त कसैले आफ्नो पहिला राखेको माग पुरा नभएकोमा रिस र गुनासो पोख्ने समय बन्ने गर्छ निर्वाचन । यस्तै चक्रिय रुपमा हरेक पाँच वर्षमा कच्करो पाकेर झर्ने फल जस्तै भएको छ नेपालको संसदीय प्रणालीको चुनाव । बेलाबेलामा काँचै झार्नलाई भटारो हन्ने दुस्प्रयास नभएका होइनन् त्यो फरक प्रसंग भयो ।

जे होस यति बेला नेपाली भूमी निर्वाचनले तातेको छ । अबको निर्वाचनमा कसैको धाक धम्कीभन्दा पनि राम्रो काम गर्नेलाई मत दिने तयारीमा जनता बसेको बुझिएको छ । जसरी काठमाडौं महानगरबासीले बालेन साहलाई मेयर बनाए । त्यसरी नै संसद र प्रदेशमा पनि यस्तै राम्रा मान्छे नेतृत्व तहमा पुग्न सके देशले मुहार फर्ने थियो ।

अनकन्टार गाउँमा पनि विकासका ढोका खोल्ने, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासले देशलाई समृद्ध बनाउने नेता छानेर चुनावी सरगार्मीको त्यो अव्यस्ततालाई फूटबलको रौनकले फेरि नेपालीलाई उत्तिकै भिजाउने र हौसाउने छ ।

कुरा फुटबलको
चुनाव राष्ट्रिय पर्व भए जस्तै खेलकुद त्यो पनि अन्तर्राष्ट्रिय स्थरमा खेलिने खेलकुद त अझै किटेरै भन्दा फुटबलको विश्वकप त झन् अन्तर्राष्ट्रिय पर्व नै हो ।

विश्वका हरेक देशका यस सम्बन्धी क्रेज देखिन्छ । बच्चादेखि बूढासम्म आफ्नो समूह बनाएर फुटबल हेर्ने गर्छन् ।
नेपाल अन्तर्राष्ट्रिय स्थरमा कुनै फुटबलका लागि त्यति धेरै परिचित नभए पनि नेपाली दर्शकमा खेल प्रतिको प्रेम पनि अथाहा देख्न सकिन्छ । मध्य रातमा प्रोजेक्टर जोडर टोलटोलमा सामूहिक रुपमा हेर्ने व्यवस्था मिलाइन्छ । आफूलाई मन पर्ने टिमको पक्षमा टिसर्ट नै बनाएर लगाउने गरेको पनि पाइन्छ ।

आफूले मन पराएको टोलीले जितेमा विभिन्न बाजीका साथै भोजभत्तेर समेत आयोजना गर्ने गरेका छन् । खेलाडी देशहरूको पक्ष विपक्षमा उभिएर टोलटोलमा साना ठूला बाजी पनि हुने गरेको छ भने कतिपयले भोज भक्तेर नै गरेको देख्न पाइन्छ ।
यसरी हेर्ने हो भने चुनाव जतिकै युवा पुस्ताको लागि वल्र्ड कप ठूलो र महत्वपूर्ण उत्सव हो ।

चुनाव र फुटबलको संयोग
अहिलेको संयोग कस्तो भयो भने चुनावको दिनै विश्व कपको पनि उद्घाटन हुने भएको छ । नेपालीले दिउँसो चुनावमा भोट हालेर साँझ विश्व कप हेर्न पाउने छन् । मंसिर ४ गतेबाट सुरु हुने विश्व कपको प्रथम संस्करणमा मंसिर १७ गतेसम्म हुन्छ भने । त्यस पछि दोस्रो चरणका खेल मंसिर २१ गतेसम्म हुन्छ भने पुसको ३ गते फाइनल खेल हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स