काठमाडौं । सनराइज बैंक लिमिटेडले असोज १ गतेदेखि लागू हुनेगरि विभिन्न खातामा नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।
बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार एलसीवाई बचत खातामा न्यूनतम ७.१३ प्रतिशत ब्याजदर र अधिकतम १०.१३ प्रतिशत ब्याजदर र एफसीवाई बचत खातामा न्यूनतम २.४० प्रतिशत ब्याजदर र अधिकतम ६.२० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । त्यस्तै, मुद्दती खातामा ब्यक्तिगत तर्फ १२.१३ प्रतिशत ब्याजदर र संस्थागत तर्फ १२.१३ प्रतिशत ब्याजदर कायम गरेको छ ।