नेपाली सेनाको अधिकृत क्याडेट पदमा २२९ जनालाई रोजगारीको अवसर, यस्तो छ प्रक्रिया

काठमाण्डौ । नेपाली सेनाले अधिकृत क्याडेट पदको लागि दरखास्त आह्वान गरेको छ । नेपाली सेना भर्ना छनोट निर्देशनालयले आज एक सूचना प्रकाशित गरी अधिकृत (सहायक सेनानी) पदका लागि २२९ जनाका लागि दरखास्त माग गरेको हो । नेपाली सेनाले खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गर्न लागेको हो।

नेपाली सेनाका सन्तती ११, महिला २२, आदिवासी जनजाती ३०, मधेसी २८, दलित १४, पिछडिएको क्षेत्र ७ र बाँकी ११७ खुलाका लागि आवेदन आह्वान गरिएको हो ।

यो पदमा प्रमाणपत्र तह वा सोसरह उत्तीर्ण गरेकाले आवेदन दिन सक्नेछन्। काठमाण्डौस्थित स्वयम्भू बारुदखाना परिसर, इटहरीस्थित पूर्वी पृतना हेडक्वार्टर, महोत्तरी, हेटौंडा, पोखरा, बुटवल, सुर्खेत र कैलालीबाट दरखास्त पेस गर्न सकिनेछ।

इच्छुक नेपाली नागरिकले नेपाली सेनाको आधिकारिक वेबसाइटबाट अनलाइन दरखास्त फाराम भरी सो को प्रिन्ट–आउटसहित स्वयम् उपस्थित भई तोकिएको भर्ना केन्द्रमा दरखास्त पेस गर्नुपर्नेछ ।

दरखास्त असोज २९ गतेसम्म पेस गर्न सकिनेछ। दोब्बर दस्तुर तिरी कात्तिक ५ गतेसम्म दरखास्त दिन सकिनेछ।

 

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स