४ वटै पूर्वप्रधानन्यायाधीशहरू महाअभियोग सिफारिस समितिकोमा नजाने

काठमाडौं। छानबिन समितिले चौलेन्द्र शमशेर जबरा प्रकरणको बयानको क्रममा जबराले सर्वोच्च अदालतका ४ पूर्वप्रधानन्यायाधीशहरूको नाम लिए पछि थप बयानको लागि समितिले बिहीबार  ४ वटै न्यायाधीशहरुलाई बोलाएको थियो । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले डाकेको छलफलमा ४ वटै न्यायाधीशहरु नजाने भएका छन् । समितिले बिहीबार दिउँसो १ बजेका लागि पूर्वप्रधानन्यायाधीहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीलाई छलफलका लागि बोलाएको थियो ।

 

त्यस्तै बयानका लागि समितिले बहालवाला न्ययायाधीशलाई उपस्थित गराउँनका लागि सर्वोच्च अदालतलाई बुधवार पत्र पाठाएको थियो , त्यसै दिन सर्वोच्चले बैठक बसी उक्त समितिमा सवाल जवाफ गर्नु संवैधानिक व्यवस्था विपरित हुने भन्दै जवाफी पत्र पठाएको थियो ।

जबराले समितिसमक्ष बयानका क्रममा नाम लिएका ६ न्यायाधीश र ४ पूर्वप्रधानन्यायाधीशलाई समितिले सोधपुछका लागि बिहीबार बोलाएको थियो । समितिले बोलाएको पत्र पाएपछि बुधबार अपराह्न साढे ४ बजे सर्वोच्चका सबै न्यायाधीश सम्मिलित फुलकोर्ट बसेको थियो ।न्यायाधीशहरु महाभियोग सिफारिस समितिले बोलाएको छलफलमा नजाने निर्णय गरे।

समितिले कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत र हरिप्रसाद फुयाललाई बोलाउने समितिको निर्णय थियो ।

 

निलम्बित प्रधानन्यायाधीश जबराले समितिसमक्ष बयान दिने क्रममा ती न्यायाधीशमध्ये कतिपयको व्यक्तिगत आचारणमाथि अमर्यादित टिप्पणी गरेका थिए भने कतिपयलाई राजनीतिक रूपमा प्रभावित भएर फैसला गरेको आरोप लगाएका थिए ।

४ पूर्व प्रधानन्यायाधीश पनि समिति बैठकमा नजाने निर्णय लिखित रुपमा दिने बताएका छन् भने समितिले भदौ १५, १६, १९, २६ र २८ मा निलम्बित प्रधानन्यायाधीश जबरासँग बयान लिएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स