विद्युत विकास विभागका नवनियुक्त महानिर्देशक चिरन्जीबी चटौत

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (ईप्पान) ले विद्युत विकास विभागका नवनियुक्त महानिर्देशक चिरन्जीबी चटौतलाई बधाई तथा शुभकामना ज्ञापन गरेको छ । सो अवसरमा ईप्पानका अध्यक्ष कृष्णप्रसाद आचार्यले ईप्पान र बिभाग एउटै सिक्काका दुई पाटा भएको बताउँदै आपसी सहकार्य र समन्वयबाट मात्र ऊर्जा क्षेत्रको बिकास र प्रबद्र्धन हुने बताए ।

विद्युत विकास विभागमा यसअघि पनि धेरै समय काम गरेर यस क्षेत्रको लामो अनुभब बटुल्नु भएको ब्यक्ति महानिर्देशक भएर आएको हुदा ईप्पानलाई काममा सहज हुनुको साथै ठूलो अपेक्षा र आशा रहेको भन्दै अध्यक्ष आचार्यले खुसी ब्यक्त गरे । ‘ऊर्जा क्षेत्रमा समस्याको चाङ छन् । यस कार्यालयसँग सम्बन्धित मात्र नभई अन्य सरकारी कार्यालयसँग सम्बन्धित समस्याहरुको सहजीकरणा गर्नमा पनि यहाँको सहकार्य र सहजीकरण हुन्छ भन्ने हामीलाई बिश्वास छ ।’ उनले भने ‘यसले समग्र ऊर्जा क्षेत्रको बिकास र प्रबद्र्धनमा ठूलो भूमिका खेल्ने छ ।’ बिभागका काममा ईप्पानको तर्फबाट समेत सम्पूर्ण सहयोग रहने बताउँदै अध्यक्ष आचार्यले यहाँको कार्यकाल ऊर्जा क्षेत्रको प्रबद्र्धनमा पूर्णरुपले सफल हुनुका साथै ईप्पानलाई स्मरणयोग्य कार्यकाल हुने छ भन्ने बिस्वास ब्यक्त गरे।

महानिर्देशक चटौतले विभाग र ईप्पान नङ र मासुजस्तै भएको बताउँदै आफ्नो कार्यकालमा ईप्पानसँग न्यानो सहकार्य गर्ने प्रतिबद्धता जनाए । उनले नियम कानुनको परिधिभित्र रहेर बिभागले समयमै, छिटो, छरितो र चुस्त दुस्त कार्य सम्पादन गर्ने बताए। ‘बिभागको मुख्य काम नै ऊर्जा क्षेत्रमा संलग्न निजी क्षेत्रलाई प्रोत्साहन गर्दै ऊर्जा क्षेत्रको प्रबद्र्धन गर्नु हो ।’ उनले भने ‘ऊर्जा बिकासको गति यो ठाउँसम्म आइपुग्न निजी क्षेत्रको ठूलो योगदान रहेको हुदा आगामी दिनमा पनि निजी क्षेत्रलाई प्रोत्साहन गर्न कुनै कसर बाँकी राख्दिन ।’ ऊर्जा बिकासमा समस्या भएको सबैले मनन गरेको सन्दर्भमा अब सबैतिरबाट समाधानमा ठोस पहल हुने उनको भनाई थियो । त्यसबखत बिगतमा यस बिभागमा रहेर ऊर्जा क्षेत्रको प्रबद्र्धन र निजी क्षेत्रको काममा गरेको सहजीकरणको उहाँले स्मरण गरेका थिए।

बधाई तथा शुभकामना दिन संस्थाका अध्यक्ष कृष्णप्रसाद आचार्य, उपाध्यक्ष गणेश कार्की र मोहनकुमार डाँगी, महासचिब गोरे शेर्पा, सचिबहरु बलराम खतिवडा, भरत खत्री, सदस्यहरु बिक्रम बिष्ट, उत्तम ब्लोन लामा, भरत खड्का लगायतले महानिर्देशक चटौतलाई बधाई ज्ञापन गरेका थिए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स