भोलि एमडीएमएस को सफ्ट लन्च हुने, दर्ता नभएको अवैध मोबाइल नचल्ने

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले भोलि (भदौ ३० गते) मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडीएमएस) को सफ्ट लन्च गर्ने भएको छ । यसअघि भदौ २४ गते सफ्ट लन्च गर्ने घोषणा गरेपनि प्राविधिक कठिनाईका कारण भोलि होटल हिमालय कुपन्डोलमा एक औपचारिक कार्यक्रम गर्दे प्राधिकरणले यो प्रणालीको सफ्ट लञ्च गर्न लागेको हो ।

चार वर्ष अघिनै पूर्ण रुपमा कार्यान्वयनमा आइसक्नु पर्ने झन्डै ८० करोडको प्रोजेक्ट ढिलो गरि कार्यान्वयनमा ल्याउने भएको हो ।

योसँगै अब भदौपछि नेपाल भित्रिने मोबाइल दर्ता हुनै पर्ने प्राधिकरणले जनाएको छ । अब विदेशबाट ल्याएको मोबाइल दर्ता गराएर मात्रै चलाउन पाउने व्यवस्था हुने भएको छ । भदौ अघि नै भित्रिसकेका मोबाइलको भने दर्ता गर्नु पर्ने छैन ।

नेपालमा गैरकानूनी रुपमा भित्रिने मोबाइल फोनहरुको अनधिकृत आयात नियन्त्रण गर्न प्राधिकरणले एमडीएमएस लागू गर्न लागेको हो । एमडीएमएस प्रणाली अनधिकृत रुपमा मोबाईल फोनहरु नेपालमा प्रवेशमा नियन्त्रण गर्ने उच्च प्रविधि हो ।

यो प्रणाली पूर्ण रूपमा लागू भए वैध मोबाइल फोन मात्र पहिचान गर्न सकिने र अवैध मोबाइल फोन प्रयोग निरुत्साहित हुने अपेक्षा गरिएको छ ।

योसँगै , भदौपछि  विदेशबाट ल्याएको तथा भन्सार छलि गरेर ल्याएको मोबाइल ब्लक हुने छन् ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स