काठमाडौं । बुधबार छापावाला सुनको मूल्य ७ सय रूपैयाँले घटेको छ ।
मंगलबार, सुनको मूल्य ९१ हजार ४ सय रूपैयाँ कायम भएकोमा आज भने ७ सय रूपैयाँले घटेर ९० हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला ९० हजार २ सय रुपैयाँ कायम भएको छ ।
साथै, मंगलबार चाँदी प्रतितोला १२ सय ३० रूपैयाँ कायम भएकोमा आज भने १० रूपैयाँले घटेर १२ सय २० रूपैयाँ कायम भएको छ ।