आजबाट दशैंका लागि नयाँ नोट साट्न शुरु

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (भदौ २९ गते)देखि दशैंका लागि नयाँ नोट साट्न शुरु गरेको छ । राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारबाट नयाँ नोट साट्न थालिएको हो ।

राष्ट्र बैंकले आज (भदौ २९ गते)देखि असोज १४ गतेसम्म एक पटकमा एक व्यक्तिले ५, १०, २०, ५० र १०० रुपैयाँसम्मका नोट एक/एक वटा बन्डल हुने गरी १८ हजार ५०० रुपैयाँसम्म नयाँ नोट साट्न पाउने व्यवस्था गरिएको छ ।

एक पटकका लागि १८ हजार ५०० रुपैयाँको सटही सीमा तोकिएपनि सोही व्यक्तिले भोलिपल्ट वा अरु दिन आएर फेरि सोही परिणाममा पैसा साट्न सक्ने छन् ।

राष्ट्र बैंकले आजबाट नयाँ नोट साट्न थाले पनि अन्य बैंक तथा वित्तिय संस्थाले भने २ असोजबाट नयाँ नोट साट्ने छन् । त्यस्तै उपत्यका बाहिर पनि असोज २ गतेबाट नै नयाँ नोटको सटही हुने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स