आज पनि काठमाडौं उपत्यकाका यी स्थान र समयमा सवारी आवागमन प्रभावित हुने

काठमाडौं । काठमाडौं उपत्यकाका भित्री सडकहरुमा सवारी आवागमन आज पनि प्रभावित हुने भएको छ ।

नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली नेतृत्वको प्रतिनिधि मण्डलको सवारी व्यवस्थापनको लागि सडक खाली गरिने र सो क्रममा सवारी आवागमन प्रभावित हुने भएको हो ।

अध्यक्ष ली आज बिहान भक्तपुर भ्रमणमा जाने र दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास जाने कार्यक्रम भएकाले सवारी आवागमन प्रभावित हुने भएको हो ।

ट्राफिक प्रहरी कार्यालयका अनुसार आज बिहान ९ बजेदेखि कालीमाटी, टेकु, भोटेबहाल, त्रिपुरेश्वर, थापाथली, माइतीघर, नयाँबानेश्वर, तिनकुने, जडिबुटी, कौशलटार, मध्यपुर ठिमी र सल्लाघारी क्षेत्रको सवारी साधन प्रभावित हुने छ ।

त्यस्तै, दिउँसो साढे ३ बजेको आसपासमा सोल्टी होटल, कालिमाटी, टेकु, त्रिपुरेश्वर, नागस्थान, गोश्वारा हुलाक, महांकाल, भोटाहिटी, जमल, केशरमहल, लैनचौर, सांग्रिला होटेल, पानीपोखरी र शीलत निवास सम्मको सवारी आवागमन प्रभावित हुने सूचनामा उल्लेख छ ।

चिनियाँ प्रतिनिधिमण्डल नेपाल भ्रमणले गर्दा हिजो पनि काठमाडौं उपत्यकाको सवारी आवागमन प्रभावित भएको थियो । यी समयमा वैकल्पिक सडक प्रयोग गर्न ट्राफिक प्रहरी कार्यालयले सबैलाई अनुरोधसमेत गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स