कृषि विकास बैंककी सहायक टेलर दीपिका रेग्मीलाई ८ वर्ष कैदसहित ४ करोड जरिवाना

आर्थिक अनियमितता

काठमाडौं । विशेष अदालतले कृषि विकासको न्यूरोड शाखामा कार्यरत कर्मचारीहरूले अनियमितता गरेको प्रमाणित भएपछि मुख्य योजनाकार दीपिका रेग्मी रेग्मी र पूर्वसहायक रथी रमेशराज विष्टलाई बिगो बराबरको जरिवानसहित कैद सजाय तोकेको विशेष अदालतका सूचना अधिकारी नारदप्रसाद भट्टराईले जानकारी दिए ।

अदालतले बैंकमा कार्यरत सहायक टेलर दीपिका रेग्मीलाई ८ वर्ष कैद सजायसहित बिगो बराबरको जरिवाना निर्धारण गरेको हो । सहायक टेलर रेग्मीलाई अदालतले ३ करोड ९२ लाख ४४ हजार ७ सय ४७ रुपैयाँ जरिवाना तोकेको छ । विषेश अदालतले उनीहरुको मुद्दामा भदौ ७ गते नै फैसाल सुनाएको थियो। तर, कसुर भने सोमवार मात्र निर्धारण गरेको हो ।
पूर्वसहायक रथी रमेशराज विष्टलाई ४ वर्ष कैद सजाय अदालतले सुनाएको छ । रमेशलाई भने अदालतले ३१ लाख ६८ हजार रुपैयाँ जरिबाना तोकेको छ । अन्यलाई भने सफाइ दिएको छ।

प्रहरीले न्यूरोड शाखामा कार्यरत शाखा प्रमुख गोपाल गिरी, कर्जा विभागका प्रमुख महेश्वर मरहठ्ठा र शाखा प्रबन्धक प्रेमहरि ढुंगेलमाथि पनि अनियमिताको आरोप लागेको थियो । उनीहरूलाई भने विशेष अदालतले सफाइ दिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स