सेबोनले राख्यो धितोपत्र व्यवसायी नियमावलीको चौथो संशोधन, कम्पनी खोल्न २० करोडदेखि डेढ अर्बसम्म पुँजी चाहिने

काठमाडौं। अब ब्रोकर कम्पनी खोल्नको लागि २० करोड रुपैयाँदेखि डेढ करोड रुपैयाँसम्म चुक्ता पुँजी चाहिने भएको छ । नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा व्यापारी) नियमावलीमा चौथो संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

धितोपत्र दलाल व्यवसायीले गर्ने कामको प्रकृतिको आधारमा न्यूनतम २० करोड रुपैयाँदेखि अधिकतम डेढ अर्बसम्म चुक्ता पुँजी हुुनपर्ने व्यवस्था नियमावली चौथो संशोधनले गरेको हो ।

नियमावलीका ब्रोकर कम्पनीको कार्य क्षमताको आधारमा तीन तहमा विभाजन गरी पुँजीको पनि सोही अनुरुप वर्गीकरण गरिएको हो । नियमावलीले सीमित कार्य गर्ने धितोपत्र दलालको लागि २० करोड, पूर्णकालीन कार्य गर्ने धितोपत्र दलालको लागि ६० करोड र धितोपत्र व्यापारीको लागि डेढ अर्ब चुक्ता पुँजी हुनुपर्ने व्यवस्था गरेको हो ।

नियमावली लागु भएपछि ३० दिनको समय राखी बोर्डले निवेदन माग गर्न सक्ने पनि व्यवस्था नियमावलीमा राखिएको छ । एक साताको बीचमा संशोधन गरिएको नियमावलीमा अब हरेक वर्ष ब्रोकर लाइसेन्स दिने गरी संशोधन हिजो सोमबारको मन्त्री परिषदले गरिसकेको छ ।

यद्यपि बोर्डले भने आज पत्रकारहरूले सो नियमावलीका विषयमा जिज्ञाशा राखेपछि गत साता सोमबार मन्त्री परिषद्ले पारित गरेको नियमावली नै आफ्नो वेव साइटमा राखेको छ । बोर्डले आज प्रकाशित गरेको चौथौ संशोधितमा ३ वर्षपछिमात्रै ब्रोकर लाइसेन्स दिन पाउने व्यवस्था गरेको छ । अबको केहि दिनमे धितोपत्र व्यवसायी नियमावलीको पाँचौ संशोधन आउने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स