आज काठमाडौंको सवारी ब्यवस्था दिनभर प्रभावित हुने, यी स्थान र समयमा बढी जाम हुने

काठमाडौं । ११ बजेको समयमा नयाँ बानेश्वरमा रहेको संघीय संसदमा राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सेनासँग नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु भेटवार्ता गर्दैछन् । यस्तै, उनले एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डलाई पनि संघीय संसद् भवनमै भेटघाट गर्ने कार्य तालीका छ । भेटवार्तापछि उनी फर्कने समय बिहान साढे ११ बजेको आसपासमा तीनकुने, नयाँ बानेश्वर, बबरमहल, सिंहदरबार, माइतीघर, थापाथली, त्रिपुरेश्वर, भोटेबहाल, टेकु, कालीमाटी, सोल्टी होटल र रविभवनसम्म गाडीको आवागमन प्रभावित हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुको उच्चस्तरीय राजनीतिक भेटघाटका नेपालमा छन् । उनको राजनीतिक सवारीका कारण काठमाडौं उपत्यकाको सवारी आवागमन प्रभावित भएको छ ।राजनीतिक सवारीका कारण अफिसको समयमा हिजो आज काठमाडौं गल्ली कुना सबै जाम भएका छन् ।

बिहान पौने ९ बजे यता रविभवन, सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, त्रिपुरेश्वर, थापाथली, कुपण्डोल, माइतीघर, नयाँ बानेश्वरदेखि तीनकुने आसपासका क्षेत्रमा गाडीको आवागमन प्रभावित भएको छ ।

त्यसैगरी दिउँसो साढे ३ बजे रविभवन, सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, कुपण्डोल, त्रिपुरेश्वर, थापाथली , माइतीघर, बबरमहल, सिंहदरबार, भद्रकाली, पद्मोदयमोड आसपासका क्षेत्रमा गाडीको आवागमन प्रभावित हुने भएको छ।

दिउँसो साढे ४ बजेको आसपासमा पद्मोदयमोड, भद्रकाली, सिंहदरबार, माइतीघर, बबरमहल, थापाथली, त्रिपुरेश्वर, कुपण्डोल, भोटेबहाल, टेकु, कालीमाटी, रविभवन र सोल्टी होटल आसपासका क्षेत्रमा पनि गाडीको आवागमन प्रभावित हुनेछ ।

यो समयमा वैकल्पिक मार्ग प्रयोग गर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ। माइतीघर लगाएत बानेश्वर क्षेत्र दिनभर प्रभावित रहने भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स