डा.गोविन्द केसी आजदेखि धनगढीमा अनसन बस्ने

काठमाडौं । डा.गोविन्द केसी आजदेखि धनगढीमा अनसन बस्ने भएका छन् । उनी अनसन बस्नका लागि काठमाडौंबाट धनगढी प्रस्थान गरेका छन् । उनले अघि सारेका ६ बुँदे मागको सम्बोधन नभएको भन्दै आज साँझदेखि अनसन बस्न धनगढीतिर लागेका हुन् ।

उनले सरकारी स्वास्थ्य सेवा सुलभ र गुणस्तरीय हुनुपर्ने, जलवायु परिवर्तनले पारेका असरबारे समयमै सचेत रहनुपर्नेलगायत माग राखेका छन् ।

केसीले भदौ १२ गते पत्रकार सम्मेलन गर्दै ६ बुँदे मागसहित अनसनको घोषणा गरेका थिए । उनले स्वास्थ्य क्षेत्र र अन्य सरोकारका आफूले उठाएका माग सम्बोधन नभए भदौ २७ देखि अनसन सुरु गर्ने घोषणा गरेका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स