म्यादी प्रहरीमा १ लाख १५ हजारजनाका लागि भर्ना खुल्यो, यस्तो छ प्रक्रिया

काठमाण्डौ । आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना खुलेको छ। प्रहरी प्रधान कार्यालय नक्शालले आज एक सूचना जारी गर्दे म्यादी प्रहरीमा भर्ना खुला भएको आह्वान गरेको हो। म्यादी प्रहरीमा १ लाख १५ हजारजनाका लागि भर्ना खुलाइएको छ।

म्यादी प्रहरीमा भर्ना हुन इच्छुकले यही भदौ ३० गतेबाट दरखास्त पेस गर्न सक्नेछन्। १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका र साधारण लेखपढ गर्न जान्नेहरुले दरखास्त दिन सक्ने छन् ।

दरखास्त प्रहरी परिसर (काठमाण्डौ, ललितपुर र भक्तपुर) र सबै जिल्ला प्रहरी कार्यालयमा पेस गर्न सकिनेछन्।

दरखास्त पेस गर्ने अन्तिम मिति असोज ६ गतेसम्म तोकिएको छ। दरखास्त पेस गरेका उम्मेदवारहरुले सम्बन्धित प्रहरी कार्यालयमा असोज ७ गते सम्पर्क गर्नुपर्नेछ।

प्रारम्भिक छनोट प्रक्रिया असोज ९ गतेदेखि असोज १४ गतेसम्म सञ्चालन हुनेछ। अन्तिम नतिजा प्रकाश असोज २५ गते हुनेछ। असोज ३० गतेदेखि कात्तिक ८ गतेसम्म प्रशिक्षण सञ्चालन हुनेछ।

म्यादी प्रहरीले प्रतिदिन ८६९ रुपैयाँको दरले ४० दिनसम्मको पारिश्रमिक पाउने छन् । उनीहरुले खाद्यान्न बापत एकमुष्ट ७ हजार २ सय रुपैयाँ, पोशाक तथा अन्य सामग्री खरिद गर्न ६ हजार रुपैयाँ ९हिमाली जिल्लामा खटिनेलाई थप १ हजार०, आउने–जाने खर्च १ हजार रूपैयाँ र ३०० रुपैयाँको दरले ४ दिनको खाजा खर्च पनि पाउने छन् ।

निर्वाचनमा खटिने म्यादी प्रहरीको कार्य अवधि ४० दिनको हुनेछ। दरखास्त दिनेहरु राजनीतिक दलको सदस्य नभएको, आतंककारी संगठनको सदस्य नभएको, फौजदारी अभियोगमा सजाय नपाएको, गर्भवती नभएको र आँखा माइनस २ वा प्लस २ भन्दा बढी कमजोर नभएको पनि हुनुपर्ने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स