काठमाडौं उपत्यकामा मात्र ५१९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५१९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जसमा काठमाडौंमा ३६४, भक्तपुरमा ६६ र ललितपुरमा ८९ जना संक्रमित थपिएको हो ।

योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या ७ हजार ३१० पुगेको छ ।

देशभर थप १,६७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २१ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स