काठमाडौं । नेपाली सेनाले खुला तथा समावेश प्रतिस्पर्धाबाट सैन्य पदमा ठूलो संख्यामा जागिर खुलाएको छ । नेपाली सेनाको भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले खुलातर्फ २ हजार ८८ र बाँकी समावेशीतर्फ गरेर कुल ४ हजार जनालाई सैन्य पदमा दरखास्त खुलाएको हो।
सेनाले खुला तर्फ २ हजार ८८, महिला ३५०, आदिवासी जनजाति ५५०,मधेशी ४८०, दलित २५२ र पिछडा वर्ग ८०, शहीद सैनिक सन्तति २०० गरी कुल ४ हजार जनाका लागि दरखास्त खुलाएको हो।
इच्छुक उम्मेदवारले आज भदौ २४ गतेदेखि असोज २६ गतेसम्म आवेदन दिन सक्ने छन् । दोब्बर दस्तुर तिरेर असोज २४ देखि असोज ३० सम्म आवेदन दिन सकिने छ। आवेदन शुल्क १५० रुपैयाँ रहेको छ । १८ वर्ष पुरा भई २२ वर्ष ननाघेकाले आवेदन दिन सक्ने छन् ।
नेपाली सेनाले देशका विभिन्न २८ वटा ब्यारेक तथा गुल्मबाट भर्ना गर्ने गरी सैन्य जनशक्ति माग गरेको हो ।