गरिमा विकास बैंकका ग्राहकलाई ल्याण्डमार्क होटलको डिलक्स रुममा ३५ प्रतिशतसम्मको छुट

काठमाडौं । गरिमा विकास बैंकले नेपालको एक प्रख्यात चेन होटल ‘ल्याण्डमार्क होटल्स रिर्सोट एण्ड स्पा’सँग ग्राहकहरुको लागि छुट सम्झौता गरेको छ ।

यस सम्झौता अनुसार बैंकको ग्राहकले होटलको डिलक्स रुममा ३५ प्रतिशत छुट, फुड एण्ड वेभरेजमा १५ प्रतिशत छुटका साथै अन्य सेवा सुविधाहरुमा आर्कषित छुट पाउनेछन् ।

बैंकका डेबिट कार्ड र मोबाईल बैकिङ्ग प्रयोग गरी बिल भुक्तानी गर्ने ग्राहकले काठमाडौं, पोखरा र चितवनमा रहेको ल्याण्डमार्क होटलबाट उल्लेखित छुट सुविधाहरु लिन सक्ने बैंकले जानकारी दिएको छ ।

हाल गरिमा विकास बैंकले १०६ शाखा कार्यालयहरु र ५१ एटिएमबाट आफ्ना ग्राहक महानुभावहरुलाई सरल, सुरक्षित एवं गुणस्तरीय बैकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स