पुँजी बजारमा अर्थमन्त्रीको टेलिफोनको प्रभाव लामो समय टिकेन, कारोबार रकम पनि घट्दो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४४.१८ अंकले घटेर २९३६.६० विन्दुमा पुगेको छ । मंगलबार नेप्से १.४८ प्रतिशतले घटेको हो ।

आइतबार १०८ अंकले पुँजी बजार घटेकाले अर्थमन्त्री जनार्दन शर्माले गभर्रनर महाप्रसाद अधिकारीलाई टेलिफोन गरेका थिए । अर्थमन्त्री शर्माले पुँजी बजारमा देखिएको समस्या समाधान गर्न आग्रह गरेका थिए । सोमबार बजार १६२ अंकले बढेको थियो । तर आज भने बजार घटेको छ ।

आज २२२ कम्पनीको सेयर ८६ हजार ५०८ पटक करोबार भएको छ । १ करोड ५० लाख ८२ हजार कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब ४९ करोड ५८ लाख रुपैयाँको कारोबार भएको छ ।

आज म्युचल फण्ड र अन्य उपसमूह बढेको छ ।

सानिमा लाइफ इन्स्यारेन्सको सेयर मूल्य सकारात्मक सर्किटले बढेको छ । आरएमडीसी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ७.७३ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स