अडानी गु्रपका चिएर म्यान गौतम अडानी संसारको सर्वाधिक धनी मानिस मध्य तेस्रो स्थानमा आएका छन् ।समाचार संस्था बूलमवर्गले निकालेको सूची अनुसार अडानी एसियाको सबैभन्दा धनी मानिस हुन् भने अब विश्वमा तेस्रो धनाड्यको स्थानमा आएका छन् ।
बूलमवर्ग अनुसार इलन मस्क २५१.४ बिलियन डलर सहित संसारका सर्वाधिक धनी मानिस हुन् भने उनलाई पछ्याउँदै जेफ बजोस् १५३.४ बिलयन डलर सहित दोस्रो स्थानमा छन् । यी दुवै पहिलो र दोस्रो धनाड्य अमेरिकामा बसोबास गर्छन् भने तेस्रोस्थानका धनी हाम्रै छिमेकी मुलुक भारतमा बसोबास गर्ने गौतम अडानी भएका छन् । इतिहासमा पहिलो पटक एसियनले संसारको तेस्रो धनीको स्थान सम्म पुगेको यो पहिलो घटना हो ।
अडानीले बहु आयामिक क्षेत्रमा लगानी गरेका छन् । उनले सिमेन्ट,डाटा सेन्टर, मिडिया लगाएत विभिन्न क्षेत्रमा लगानी विस्तार गरेका छन् । अडानी गु्रपले अहिले इन्डियाकै सबैभन्दा ठुलो निजी स्तरको एअर पोर्ट र बन्दरगहा संचालन गरेको छ । अडानी का अनुसार आउने नोभेम्बरमा ७० बिलियन डलरको हरित उर्जा उत्सर्जनको लागि लगानी गर्ने बताएका छन् , जसले सहरलाई सफा,सुन्दर र ताजगी फैलाउन मदत गर्दछ भने अर्को तर्फ अडानी गु्रपलाई संसारको सबैभन्दा नवीकरणीय उर्जामा लगानी गर्ने ठुलो कम्पनी बनाउँछ ।
बिल गेट्स र वारेन वफेटको तुलनामा उनले अलि कम परोपकारी काम गरेको हुनाले धेरै धन संगालेको र अगाडी बढि रहेको केही आलोचकको भनाई छ । जुलाई महिनामा मात्रै विल गेट्सले २० बिलियन डलर विल एण्ड मिलेन्डा फाउनडेसनमा दिएका थिए । त्यस्तै वारेन बफेटले ३५ बिलियन च्यारिटिमा दिएका थिए भने गौतम अडानीले ७.७ बिलियन डलर उनको ६०औं जन्म उत्सवमा दिएका थिए ।
अहिले रहेको विश्वकै १० सर्वाधिक धनी र तीनको सम्पतिको सूची यस प्रकार छ ।
१.इलन मस्क : २५१ बिलियन डलर
२.जेफ बेजोस : १५३ बिलियन डलर
३. गौतम अडानी :१३७ बिलियन डलर
४.बर्नार्ड अर्नाल्ट :१३६ बिलियन डलर
५.बिल गेट्स :११७ बिलियन डलर
६. वारेन बफेट :१०० बिलियन डलर
७.ल्यारि पेज :१०० बिलियन डलर
८.सगे्रए ब्रिन :९५.८ बिलियन डलर
९.स्टिभ बलमर :९३.७ बिलियन डलर
१०.ल्यारि इलनसन :९३.३ बिलियन डलर