काठमाडौं । काठमाडौं महानरपालिकाले प्रदर्शनी मार्गमा रहेको फनपार्क प्रा.लि.लाई कर तिर्न ताकेता गरेको छ ।
महानगरपालिकाले आज एक सूचना जारी गर्दै २४ घण्टा भित्र व्यवसाय, बहाल, मनोरन्जन र विज्ञापन कर तिर्न निर्देशन दिएको हो ।
साथै महानगरपालिकाले तोकिएको समयभित्र राजश्व नबुझाएमा फनपार्क शिल्बन्दी गरी असुर उपर गर्ने चेतावनी समेत दिएको छ ।
फनपार्कले २०७२ सालदेखि कर नतिरेको भन्दै महानगरले कर तिर्न अल्टिमेटम दिएको हो ।