काठमाडौं । दसैंका लागि नयाँ नोट भदौ २६ गतेबाट साट्न पाइने भएको छ। नेपाल राष्ट्र बैंकले दसैंका लागि नयाँ नोट भदौ २६ गतेपछि साट्ने तयारी गरेको हो ।
राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० रुपैयाँका एक सेट गरी प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँका दरले नयाँ नोट सटही गर्ने बताएको छ ।
बैंकहरुको माग अनुसार नयाँ नोट वितरण गर्न वाणिज्य बैंकका शाखा कार्यालय तोक्ने राष्ट्र बैंकले जनाएको छ । बैंकहरूबाट अत्यधिक मात्रामा माग आयो भने प्रतिव्यक्ति सटहीदर घटाउन सक्ने राष्ट्र बैंकले जनाएको छ ।
भदौ २० गतेपछि मात्रै कहाँ/कहाँबाट नयाँ नोट साट्न सकिने भनेर सूचना प्रकाशित गर्ने तयारी रहेको राष्ट्र बैंकले जनाएको छ ।