आज कक्षा-१२ को परीक्षाको नतिजा सार्वजनिक हुने

काठमाडौं । आज कक्षा-१२ को परीक्षाको नतिजा सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा-१२ को नतिजा आज (भदौ १४) गते सार्वजनिक गर्ने तयारी गरेको हो ।

बोर्डले आज साँझसम्म परीक्षाफल प्रकाशित गर्नका लागि अपरान्ह बोर्ड बैठक बोलाईएको एक सदस्यले बताएका छन् ।

कक्षा-१२ को परीक्षा गत जेठको १६ गतेदेखि २५ गतेसम्म संचालन भएको थियो। परीक्षामा देशभरका ९ हजार २ सय ९२ परीक्षा केन्द्रमार्फत् ४ लाख १० हजार ५० जना विद्यार्थी सहभागी भएका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स