काठमाडौं । काठमाडौं महानगरपालिकाले भदौ ६ गतेदेखि नक्सापासविपरीत निर्मित अवैध संरचना भत्काउने अभियानमा न्युरोडस्थित सुरज अर्केडको अवैध संरचनामा डोजर चलाउने भएको छ ।
डोजरसहित नगर प्रहरीको टोली केही बेरमा न्युरोड सुरज अर्केडमा पुग्ने नगर प्रहरी प्रमुखले बताए ।
उनका अनुसार सो क्षेत्रमा भएका अन्य अवैध संरचना पनि भत्काइँदैछ ।