दसैंका लागि नयाँ नोट भदौ २० गतेबाट साट्न पाइने

काठमाडौं । दसैंका लागि नयाँ नोट भदौ २० गतेबाट साट्न पाइने भएको छ। नेपाल राष्ट्र बैंकले दसैंका लागि नयाँ नोट भदौ २० गतेपछि साट्ने तयारी गरेको हो ।

राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० रुपैयाँका एक सेट गरी प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँका दरले नयाँ नोट सटही गर्ने बताएको छ ।

भदौ २० गतेसम्म आवश्यक तयारी पूरा गरी बैंकहरुको माग अनुसार नयाँ नोट वितरण गर्न वाणिज्य बैंकका शाखा कार्यालय तोक्ने राष्ट्र बैंकले जनाएको छ । बैंकहरूबाट अत्यधिक मात्रामा माग आयो भने प्रतिव्यक्ति सटहीदर घटाउन सक्ने राष्ट्र बैंकले जनाएको छ ।

२० गतेअघि नयाँ नोटको बारेमा बैंकहरूलाई सूचित गराउने राष्ट्र बैंकको तयारी रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स