राष्ट्रपतिद्वारा राजीनामा दिने तयारी

काठमाडौं । प्रतिनिधिसभाले नागरिकता विधेयक जस्ताको तस्तै पास गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले राजीनामा दिने तयारी गरेकी छिन् । प्रतिनिधिसभाले नागरिकता विधेयकका सम्बन्धमा उनले पठाएको सुझावलाई बेवास्ता गरी जस्ताको तस्तै पास गरेपछि उनले राजीनामा दिने तयारी गरेकी हुन् । यस विषयमा उनी आवद्ध रहेको पाटी नेपाल कम्प्युनिष्ट पार्टीका अध्यक्ष केपी ओलीसँग छलफल गरिरहेकी छिन् ।

त्यसैपनि अबको ४/५ महिनामा उनको कार्यकाल सकिदैछ । नागरिकता सम्बन्धी विधेयकका लालमोहर लगाएर आक्षेप बोकेर विवादमा मुछिनुुभन्दा राष्ट्रपति पदबाट राजीनामा दिनु उचित हुने र जनताको साथमा आफू रहेको सन्देश दिन पनि ओलीले राष्ट्रपति पदबाट उनलाई राजीनामा दिन लगाउने बुझिएको छ ।

अध्यक्ष ओलीले नागरिकताको विषयमा लालमोहर नलगाई राजीनामा दिन सुझाएमा उनले राजीनामा दिने राष्ट्रपति कार्यालय उच्च स्रोतले जानकारी दिएको छ । अहिले राष्ट्रपति विद्यादेवी भण्डारी र अध्यक्ष ओलीबीच यस विषयमा छलफल भइरहेको बुझिएको छ । नागरिकता विधेयकलाई प्रतिनिधिसभामा सन्देशसहित फिर्ता गरेपछि नागरिकताका बारेमा जनस्तरमै व्यापक बहस भइरहेको छ ।

राष्ट्रपतिद्वारा संसद्लाई प्रेषित १५ बुँदे सुझावमा २००९ सालदेखिका नागरिकता कानुनहरुलाई उधिन्दै खास गरी अंगीकृत नागरिकता सम्वन्धी नीतिमाथि पुनरावलोकनको खाँचो औंल्याइएको थियो ।

नागरिकताबारे राज्यका ऐतिहासिक अभ्यासहरूमाथि पर्याप्त विवेचना आवश्यक रहेको भन्दै राष्ट्रपपितले विधेयक फिर्ता गरेकी थिइन् । राष्ट्रपतिले आफ्नो सन्देशमा संसद्लाई नागरिकता कानुनको नेपाली इतिहासका बारेमा गम्भीर बहस, चिन्तन र विमर्श गर्न आग्रह गर्दै इतिहासका गम्भीर प्रसंगसमेत उद्धृत गरेकी थिइन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स