बाँस्तोला अमेरिकी राष्ट्रपति गोल्डेन अवार्डबाट सम्मानित

गण्डकी । पोखरा महानगरपालिका-२५का विश्वराज बाँस्तोला अमेरिकी राष्ट्रपति गोल्ड मेडल अवार्डबाट सम्मानित भएका छन् । अमेरिकाको न्युयोर्क राज्यमा नेपाली तथा अमेरिकन समाजलाई कोरोना महामारीको समयमा रक्तदान कार्यक्रम तथा विविध मानवीय योगदान पु¥याएबापत उनी उक्त अवार्डबाट सम्मानित भएको हो ।

अमेरिकी राष्ट्रपति जो वाईडेनद्वारा हस्ताक्षरित सम्मानपत्रमा संयुक्त राज्य अमेरिकामा अफ्ठेरो पर्दा बाँस्तोलाले पु¥याएको मानवीय सेवालाई देशले मूल्यांकन गरेको उल्लेख छ । उक्त अवार्ड र सम्मानपत्र नेपाल–अमेरिका सम्बन्धको ७५ वर्ष पूरा भएको उपलक्ष्यमा न्यूयोर्कमा आयोजित कार्यक्रममा अमेरिकाका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राईले प्रदान गरेको हो ।

विसं २०२८ मा हेम्जामा जन्मनु भएका बाँस्तोला आफ्ना बुबाको सामाजिक कार्य पछ्याउँदै सानैदेखि सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय थिए । विसं २०४४ देखि नेपाल विद्यार्थी संघमा क्रियाशील उनी २०४६ सालको जनआन्दोलनसँगै २०६२÷६३ को आन्दोलनमा सक्रिय सहभागी थिए ।

शिक्षक संघ कास्कीको सदस्य र सचिव हुँदै केन्द्रीय समितिको सदस्य भइसकेका उनी अम्बिका माध्यमिक विद्यालय र सिर्जना बहिरा आवासीय उच्च माविको प्राचार्य बनेका थिए।विसं २०६६ मा नेपाल सरकारबाट शिक्षा मन्त्रालयको विशेष शिक्षा परिषद्को सदस्य पदमा विशेषज्ञको रुपमा नियुक्त बनेका बाँस्तोलाले प्रजातान्त्रिक विचार समाज, मानव अधिकार तथा शान्ति समाज, एमनेष्टी इन्टरनेशनल, रेडक्रस, लायन्स क्लबलगायत दर्जनौं सामाजिक संघ संस्थामा आवद्ध भई नेतृत्वदायी भूमिकामा रहिसकेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स