त्रिभुवन विमानस्थलबाट एकजना भारतीय नागरिक पक्राउ, शौच गराउँदा सुनका चार पोका फेला

काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक ३१ वर्षका राहुल रेमानान रहेका छन् ।

उनलाई दुबईबाट काठमाडौं आएको बेला उनको गतिविधि शंकास्पद देखिएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

त्यसपछि प्रहरीले उनलाई काठमाडौं मेडिकल कलेजमा एक्स-रे गर्नका लागि लगेको थियो । एक्स-रे गर्दा उनको पेटभित्र शंकास्पद वस्तुको आकृति देखिएको थियो । त्यसक्रममा प्रहरी वृत्त गौशालामा लगेर शौच गराउँदा मलद्वाराबाट बेलनाकारको सुनको चार वटा पोका फेला परेको प्रहरीले जनाएको छ ।

उनलाई थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । उनलाई विमानस्थल सुरक्षा कार्यालयले शनिबार आगमन गेटबाट पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स