अंकुरी महादेव मन्दिरमा साठी किलोको बसाहा

सप्तरी । श्रद्धाको केन्द्रबिन्दु सप्तरीको महादेवा गाउँपालिकास्थित अंकुरी महादेव मन्दिर परिसरमा बसहा स्थापना गरिएको छ । मन्दिर परिसरमा आज थप ६० किलोको बसाहा राखिएको छ । यसअघि पनि परिसरमा बसाहा राखिएको थियो ।

तिलाठी कोइलाडी गाउँपालिका–६ का उपेन्द्र यादवले आमाको सङ्कल्प पूरा गर्न बसाहा स्थापना गरेको हो । मन्दिरमा यसअघि ३० किलो तामाको बसाहा स्थापना गरिएको थियो । अंकुरी महादेव मन्दिर राजविराज–हनुमाननगर सडकखण्डमा महादेवा गाउँपालिका–२ मा पर्छ ।

अंकुरी महादेवकै नामबाट महादेवा नामकरण गरिएको पुजारी बद्री गिरीले बताए । अंकुरी महादेवामा हरेक वर्ष शिवरात्रि र अनन्त चतुर्दशीमा ठूलो मेला लाग्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स