बाँकेको हात्तीसार केन्द्रबिन्दु भएर ४.८ रेक्टरस्केलको भूकम्प

काठमाडौं । बाँके जिल्ला हात्तीसार केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान १ बजेर २८ मिनेट जाँदा बाँके जिल्लाको हात्तीसार आसपास केन्द्रबिन्दु भएर ४.८ रेक्टरस्केलको भूकम्प गएको हो ।

यो गोरखा भूकम्पको परकम्प नभएको सो केन्द्रले जनाएको छ ।

उक्त भूकम्पको धक्का पश्चिम नेपालका बाँके, बर्दिया र भारतका विभिन्न भागमा महसुस गरिएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स