राष्ट्रपतिबाट भदौ २३ गते संघीय संसदको अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भदौ २३ गते बुधबार संघीय संसद्को अधिवेशन आह्वान गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा बुधबार दिउँसो ४ बजेका लागि राष्ट्रपति भण्डारीले संघीय संसद्को दुब सदनको अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी प्रेस विज्ञप्तीमा भनिएको छ ।

‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ९३ को उपधारा ९१० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८–५–१९ को सिफारिसमा सम्वत् २०७८ साल भदौ २३ गते बुधबारका दिन १६.०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ,’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स