४ महिनापछि ड्राइभिङ लाइसेन्स आज खुल्योे, ट्रायल पास भए तुरुन्त लाइसेन्स पाइने

काठमाडौं । कोभिड–१९ भाइरसको दोस्रो लहरका कारण वैंशाख १५ गतेदेखि बन्द रहेको सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को परीक्षा आज भदौं २० गतेदेखि खुल्ने भएको छ । यातायात व्यवस्था विभागले ड्राइभिङ लाइसेन्स परीक्षा सञ्चालन गर्न अनुमति प्रदान गरेसँगै यातायात लाइसेन्स कार्यालयहरूले भदौं २० गतेदेखि परीक्षा सञ्चालन गर्ने लागेका हुन् ।

कोभिड–१९ भाइरसको दोस्रो लहरका कारण ड्राइभिङ लाइसेन्सको आवेदन र परीक्षा दुवै स्थगित गरिएको थियो । सरकारले पूर्ण रुपमा निषेधाज्ञा बन्द गरेसँगै काठमाडौं उपत्यका ४ यातायात लाइसेन्स कार्यालयहरू (यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र, एकान्तकुना–यातायात व्यवस्था कार्यालय जगाती–यातायात व्यवस्था कार्यालय चाबहिल–यातायात व्यवस्था कार्यालय ठुलो भर्याङ)का प्रमुखहरूको भदौ ४ गते बसेको बैठकले लाइसेन्स परीक्षा खुलाउने निर्णय गरेको थिए । उनीहरुले अनुमतिका लागि ४ गते नै विभागलाई पत्राचार गरेका थिए ।

विभागले भदौ १० गते कार्यालयहरुको प्रस्ताव स्वीकृत गरेर स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पूर्ण पालना गर्दै लिखिन तथा प्रयोगात्मक परीक्षा (रिट्रायल) भदौ २० गतेदेखि सञ्चालन गर्न अनुमति प्रदान गरेको हो ।

भदौ २० गतेदेखि ड्राइभिङ लाइसेन्सका लागि प्रयोगात्मक परीक्षाको लागि आवेदन दिई वायोमेट्रिक गरेका लिखित परीक्षामा संलग्न हुने सम्पूर्ण परीक्षार्थी, लिखित परीक्षा दिई प्रयोगात्मक परीक्षा (ट्रायल) मा सहभागी हुने सम्पूर्ण परीक्षार्थीहरु र कार्यालयमा उपस्थिति भई वर्ग थपको (एड क्याटेगोरी) लागि दर्ता गरी सकेका ड्राइभिङ लाइसेन्सको परीक्षामा सहभागी हुन पाउने सूचनामा उल्लेख छ ।

ड्राइभिङ लाइसेन्सका लागि अनलाइन फारम बुझाएका र अनलाइन फारम खुलाउने विषयमा अर्को सूचना जारि गरेर जानकारी दिने यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र ठुलोभर्याङका सूचना अधिकारी उपेन्द्र साहले बताए ।

 

प्रतिक्रिया

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स