अर्थसचिवमा कृष्णहरि पुष्कर नियुक्त

काठमाडौं । सरकारले अर्थ मन्त्रालयको सचिवमा कृष्णहरि पुष्करलाई नियुक्त गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले राजश्व सचिवको रुपमा कार्यरत पुस्करलाई अर्थसचिवमा नियुक्त गरेको हो ।

जनार्दन शर्मालाई पुनः अर्थमन्त्रीमा नियुक्त गरेपछि मारसिनी मन्त्रालयमा आउन मानेका थिएनन् । मारसिनीले स्वयमले मन्त्रालयमा रहेर काम गर्न इच्छुक नभएपछि सरुवा गर्न आग्रह गरेका कारण प्रधानमन्त्री कार्यालयमा तानिएको थियो।

मन्त्रिपरिषद बैठकले राजस्व सचिवको जिम्मेवारी रामेश्वर दंगाललाई दिएको एक मन्त्रीले जानकारी दिए ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स