बालाजुको जुत्ता कारखानामा आगलागी

काठमाडौं । काठमाडौंको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।

काठमाडौं महानगरपालिका-१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी भएको हो ।

जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बालाजु बाइपास नजिकको एक जुत्ता कारखानामा आगलागी भएको जानकारी दिए । अहिले उक्त स्थानमा प्रहरी टोली पुगिसकेको छ ।

यस्तै आगलागी नियन्त्रणमा लिन दमकलको समेत प्रयोग भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स