बाँकेका कार्यालयले २९ अर्ब बढी राजस्व सङ्कलन

बाँकेमा सङ्घीय र लुम्बिनी प्रदेश सरकारअन्तर्गतका कार्यालयबाट आर्थिक वर्ष २०७८/७९ मा साँढे २९ अर्ब रुपैंयाँ बढी राजस्व सङ्कलन भएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका), बाँकेको तथ्याङ्क अनुसार सङ्घीय सरकारतर्फ २८ अर्ब ६४ करोड ३९ लाख ४६ हजार सात सय ९२ रुपैंयाँ र प्रदेश सरकारतर्फ एक अर्ब एक करोड ४५ लाख ६८ हजार पाँच सय ८४ रुपैंयाँ राजस्व सङ्कलन भएको हो । सङ्घ र प्रदेश गरी बाँकेमा आव २०७८/७९ मा २९ अर्ब ६५ करोड ८५ लाख १५ हजार तीन सय ७६ रुपैंयाँ राजस्व सङ्कलन भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स