नुवाकोट केन्द्रविन्दु भएर एकाबिहानै गयो भूकम्प

काठमाडौं । शनिबार बिहान भूकम्पको धक्का महसुस भएको छ । बिहान ५ बजेर २६ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार नुवाकोटको बेलकोटगढी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो । उक्त केन्द्रविन्दु भएरु ५.३ म्युग्निच्युड भूकम्प गएको हो ।

गत साउन १५ गते पनि खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्निच्यूडको भूकम्प गएको थियो । पछिल्लो समय पराकम्पभन्दा पनि नयाँ भूकम्प जाने क्रम बढेको छ । २०७२ सालमा गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.८ रेक्टर स्केलको ठूलो भूकम्प गएको थियो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स