राष्ट्र बैंकद्वारा घर जग्गा कर्जामा कडाई, १ करोडको जग्गा धितो राख्दा ३० लाख मात्रै कर्जा पाईने

काठमाडौं । नेपाल राष्ट्र बैंकले घर जग्गा कर्जामा कडाई गरेको छ ।

बुधबार संशोधित एकीकृत निर्देशिका सार्वजनिक गर्दै केन्द्रीय बैंकले घर जग्गा धितो राखी लिने कर्जामा सीमा घटाएको हो ।

नयाँ व्यवस्था अनुसार अब घरजग्गा धितो राख्दा काठमाडौं उपत्यकामा धितोको ३० प्रतिशत र काठमाडौं बाहिर ४० प्रतिशत मात्रै कर्जा पाईनेछ ।

जसअनुसार, अब काठमाडौं उपत्यकामा १ करोड रुपैयाँको जग्गा धितोमा राख्दा ३० लाख मात्रै कर्जा पाईनेछ भने काठमाडौं बाहिर १ करोड मूल्यकै जग्गा धितोमा राख्दा ४० लाख कर्जा पाईनेछ ।

राष्ट्र बैंकले कर्जा, धितो कर्जा, सम्पत्ति कर्जा, व्यक्तिगत आवधिक कर्जा प्रवाह गर्दा कर्जा र कर्जा लिन राखिने धितो सुरक्षणको अनुपात मौद्रिक नीतिमार्फत घटाएको हो । राष्ट्र बैंकले घरजग्गा धितोमा १००ः३० को अनुपात नाघेको छ भने कर्जा असुल गर्न पनि बैंकहरुलाई निर्देशन दिएको छ ।

यसअघि यो व्यवस्था काठमाडौं उपत्यकाको हकमा ४० प्रतिशत र अन्य स्थानको हकमा ५० प्रतिशत थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स