अर्घाखाँची ओपिसी सिमेन्टलाई ४३ ग्रेड सिमेन्टको इजाजत प्राप्त

काठमाडौं । अर्घाखाँची सिमेन्ट लिमिटेडद्वारा उत्पादन भइरहेको अर्घाखाँची ओपिसी सिमेन्टले ४३ ग्रेड सिमेन्टको इजाजत प्राप्त गरेको छ ।

नेपाल गुणस्तर तथा नापतौल विभागले एनएचएस–५७२ प्रमाणीकरण गरी कम्पनीलाई आज ४३ ग्रेडको प्रमाणपत्र हस्तान्तरण गरेको हो ।

आफ्नो उत्पादनको गुणस्तर नेपाल सरकारद्वारा औपचारिक रुपमा नै प्रमाणित भएको भन्दै कम्पनीले गुणस्तरीय सिमेन्टको उत्पादन र बिक्री बितरणलाई सँधै प्राथमिकतामा राख्ने जनाएको छ ।

‘हाल सम्म ३३ ग्रेड सो सहरको मान्यता पाइरहेको हाम्रो उत्पादनलाई ४३ ग्रेडको प्रमाणी करणले आम उपभोक्तालाई अर्घाखाँचीका उत्पादनहरुको प्रयोग गर्न थप निश्चिन्त बनाउने छ,’ कम्पनीका महाप्रबन्धक उद्धब कार्कीले बताए ।

गुणस्तर तथा नापतौल विभागले सिमेन्टमा उच्च गुणस्तरको सुनिश्चितता गर्ने उद्देश्यले यस वर्षदेखि एनएचएस–५७२ को अवधारणा सहित ग्रेडिङ प्रणालीलाई अघि सारेको हो ।

क्लिंकर, ओपिसी र पिपिसी सिमेन्टको उत्पादन गरिरहेको अर्घाखाँची सिमेन्ट नेपालकै सबैभन्दा ठूलो र उत्कृष्ट कम्पनी मध्यको एक हो ।

गत आर्थिक वर्ष पब्लिक लिमिटेडमा परिणत भएसँगै यस कम्पनीले आइपीओमा जाने तयारी सुरु गरिसकेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स