हामी आजदेखि दोस्रो वर्षमा

‘दिगो विकास, समृद्ध नेपाल’ लाई केन्द्रमा राखेर परिसूचक मिडियाद्वारा सञ्चालित हाम्रोअर्थ टडकम आजबाट दोस्रो वर्षमा प्रवेश गरेको छ । निश्पक्ष र जिम्मेवार पत्रकारिता गर्ने प्रतिवद्धताका साथ सुरु भएको हाम्रो यात्राको ऊर्जाशील यो अवधिमा हरेक पलमा हामीलाई साथ दिनुहुने पाठकवर्ग प्रति हामी आभारी छौं । यहाँहरूले आगामी दिनमा पनि यसरी नै माया र सदभाव राखिदिनु हुन्छ भन्ने हाम्रो अपेक्षा र विश्वासमा दृढ छौं ।

तथ्य र यथार्थपरक समाचार विश्लेषणात्मक हिसावले प्रस्तुत गर्नु हाम्रो धर्म र मूल मर्म हो । आर्थिक पत्रकारिताको माध्यमबाट देश र समाजमा भएका विविध पाटाहरूलाई समृद्धीसँग जोडेर उधिन्याउनुमात्र नभइ मार्गनिर्देश गर्नुपनि हामी हाम्रो कतव्र्य सम्झन्छौं । हामी यो अनलाइन सञ्चार माध्यम (हाम्रोअर्थ डटकम) लाई आर्थिक सूचना तथा समाचारको संवाहकको रुपमा अगाडि बढाउने जमर्कोे गरिरहेका छौं ।

अझ भन्नु पर्दा हाम्रोअर्थद्वारा सम्प्रेसित समाचारले नीति निर्मातादेखि उद्यमी व्यवसायीलाई समेत देशकै आर्थिक पुनःसंरचना तथा परिवर्तन गर्न सहयोग मिल्छ भन्ने हाम्रो ध्येय हो । हामीबाट सम्प्रेसित समाचार तथा गहन विषयवस्तुले देशको नीति निर्माण तहदेखि उद्योगी व्यापारी तथा आमसर्वसाधारण नागरिकलाई सहयोग पुग्नेमात्र नभइ देश विकासमा समेत अहम भूमिका खेल्ने छ भन्ने हामीले विश्वास लिएका छौं ।

यहि सत्यलाई आत्मसाथ गर्दै अघि बढेका हाम्रा पाइलामा यहाँहरूले देखाउनु भएको सदासयता हाम्रा लागि अमूल्य पुँजी हो । सूसुचित गर्ने अभियानका क्रममा विषयवस्तु पस्कदा कोहि कसैलाई लक्षित भएमा त्यसका लागि क्षमाप्राथी छौ ।

र हामीलाई यो यात्रामा निरन्तर हातेमालो गरी सघाउनुहुने आम पाठकवर्ग, विज्ञापनदाता, मार्गनिर्देश गर्ने सम्पूर्ण स्वजनप्रति हृदयदेखिनै आभार व्यक्त गर्दछौं ।


सोबितराम कार्की
अध्यक्ष

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स