देवचुलीमा लगानी गर्न निजी क्षेत्रलाई आग्रह

काठमाडौं । नवलपरासीको देवचुली क्षेत्रमा लगानीका लागि निजी क्षेत्रलाई आग्रह गर्न देवचुली नगरपालिकाका मेयरको नेतृत्वमा आएको नगरपालिका र देवचुली उद्योग वाणिज्य संघका पदाधिकारी सम्मिलित प्रतिनिधिमण्डलले आज महासंघका पदाधिकारीहरू समक्ष भेटवार्ता भएको छ ।

प्रतिनिधिमण्डलमा नगरपालिकाका उपमेयर, देवचुली उद्योग वाणिज्य संघका अध्यक्षसहित संघका पदाधिकारीहरू थिए । देवचुलीलाई लगानीको आकर्षण गन्तव्यको रूपमा विकास गर्न स्थानीय सरकार र निजी क्षेत्र बीच बलियो सहकार्य रहेको सो अवसरमा प्रतिधिमण्डलकातर्फबाट संदेश दिइएको थियो ।
देवचुलीको भौगोलिक अवस्थिति, प्राकृतिक स्रोत साधन र स्थानीय तहमा स्थानीय सरकार र निजी क्षेत्र बीच बलियो सहकार्य रहेका कारण देवचुलीमा लगानी गर्न प्रतिनिधिमण्डलले आग्रह गरेका छन् । उद्योग स्थापना, पर्यटन विकास, सार्वजनिक स्थलतथा पूर्वाधार निर्माण लगायतमा लगानीको प्रचुर सम्भाव्यता रहेको कुरालाई प्रतिनिधिमण्डलले स्पष्ट पारेको थियो ।
महासंघका अध्यक्ष शेखर गोल्छा, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र संघाई सहभागी रहेको भेटवार्तामा भ्रमणको उद्देश्यमाथि प्रकाश पार्नुहुंदै मेयर हरिप्रसाद न्यौपानेले देवचुलीमा लगानी गर्न आउने लगानीकर्तालाई स्थानीय सरकारकातर्फबाट गर्नुपर्ने सवै प्रकारको सहयोग गर्न आफूहरु तयार रहेको विश्वास दिलाए ।

नेपाल उद्योग वाणिज्य महासघको राष्ट्रिय अन्तराष्ट्रियतहमा बलियो प्रभाव रहेकाले महासंघमार्फत स्वदेशी एवं विदेशी लगानी भित्रयाउने कार्यमा सहयोग गरिदिन मेयरले आग्रह गरे । महासंघका पदाधिकारीहरू आफैपनि ठूला लगानीकर्ताहरू हुन्, तपाईहरूको सहयोग हाम्रो क्षेत्रले खोजेको छ । लगानीको वातावरण निर्माण सहित सवै सहजीकरणका लागि हामी तयार छौं,मेयर न्यौपानेले स्पष्ट पारे ।

महासंघका अध्यक्ष गोल्छाले देवचुलीमा स्थानीय सरकार र निजी क्षेत्रको संस्था उद्योग वाणिज्य संघ बीचको सहकार्यदेखेर आफू अत्यन्त प्रभावित भएको बताउंदै देवचुलीमा रहेको सम्भाव्यताका सम्बन्धमा विज्ञको सहयोगमा ठोस अध्ययन गराई त्यसैको आधारमा त्यस क्षेत्रको विकासमा अगाडि बढ्न सुुझाव दिए ।

महासंघले आफ्ना तर्फबाट सहयोग गर्न हामी तयार छौं तर एउटा ठोस अध्ययनका आधारमा लगानी प्रवद्र्धन सहित आर्थिक विकासका कुरालाई अगाडि बढाउन पाइयो भने त्यसले छिटो मूर्तरुप लिन सक्ने सुुझाव अध्यक्ष गोल्छाको थियो ।
महासंघका उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र संघाईले स्थानीय सरकार र उद्योग वाणिज्य संघ बीच सहकार्यको यो प्रयासले नै त्यस क्षेत्रमा अर्थिक विकासको बलियो सम्भावना रहेको बताउने धारणा राखे ।

स्थानीय सरकार र निजी क्षेत्र बीचको सहकार्यलाई स्थानीय ऐनले पनि महत्वपूर्ण प्राथमिकता दिएकाले राजस्व संकलन, बस पार्क, मनोरज्जन पार्क, केवलकार निर्माण, सरसफाई लगायतका क्षेत्रमा काम गर्न सकिने बताए । नगरपालिका र संघ मिलेर आफ्ना क्षेत्रका सम्भाव्यता पहिचान गरी त्यसैको आधारमा दिगो रुपमा सहकार्य गर्न सहमतीपत्र हस्ताक्षर गरेर जानपनि उपाध्यक्षहरूले सुुझाव दिए ।

देवचुली उवांघका अध्यक्ष सूूर्य प्रसाद दवाडीले समृद्ध देवचुलीको भोक स्थानीय सरकार र निजी क्षेत्र दुवैलाई भएकाले देवचुलीमा लगानीको अभियानलाई अगाडि बढाइएको स्पष्ट पारे । भेटवार्तामा नगरपालिकाका उपमेयर पार्वता तिवारी, देवचुली उवासंघका पदाधिकारीहरू, नगरपालिकाका प्रवक्ता वडाध्यक्ष सहितको उपस्थिति थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स