अर्थमन्त्री मन्त्रालयतिर अर्थ सचिव घरतिर

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा पुन नियुक्ति हुने पक्का पक्कि भएपछि अर्थसचिव मधुकुमार मरासिनी विदामा बसेका छन् ।

अर्थमन्त्री शर्माको चरम आलोचना हुँदा गत असार २२ गते शर्मा मन्त्री पदमा रहँदासम्म मन्त्रालयमा नफर्किने भन्दै सचिव मरासिनी अनिश्चित कालका लागि विदामा बसेका थिए । तर परिस्थिति कस्तो बन्यो भने, सचिव मरासिनी विदा बसेकै दिन मन्त्री शर्माले संसदलाई सम्बोधन गर्दै राजीनामाको घोषणा गरेपछि २३ गतेदेखि सचिव मरासिनी काममा फर्किएका थिए ।

आज, आइतबार बिहान नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर अर्थमन्त्रीमा फेरि पनि शर्मालाई नै नियुक्ति गर्न सिफारिस गरेको जानकारी पाएपछि सचिव मरासिनी विदामा बसेका हुन् ।

अर्थ मन्त्रालयको प्रशासन महाशाखाले मन्त्री शर्मालाई स्वागत गर्न कर्मचारीहरुलाई सर्कुलर गरेको छ । अर्थसचिव विदामा बसेपछि राजस्व सचिवको नेतृत्वमा मन्त्री शर्माको स्वागत गरिने छ ।अर्थ मन्त्रालयका कर्मचारीहरु मन्त्रीको स्वागत गर्न तयार भएर बसेका छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स