भाडा समायोजनको माग राख्दै पेट्रोलियम ढुवानी व्यवसायी आन्दोलित, माग सम्बोधन नभए २० गते बाट लोड नगर्ने चेतावनी

 

काठमाडौ । भाडा समायोजनको माग राख्दै पेट्रोलियम ढुवानी व्यवसायी आन्दोलित भएका छन ।

व्यवसायीले भाडा समायोजनका लागि आजसम्मको समयसीमा दिएका थिए । तर, सरकारले कुनै चासो नदेखाएपछि व्यवसायीपुन आन्दोलित भएका हुन् ।

नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले सोमबारदेखि आन्दोलन सुरु गर्ने जनाएको छ ।

यही साउन ६ गते बसेको महासंघको बैठकले १५ गतेसम्म ढुवानी भाडा वृद्धि गर्न माग गरेको थियो। तर, आजसम्म माग पूरा नभएपछि भोलिदेखि हवाइ इन्धन ढुवानी गर्ने ट्यांकरले देशभर पीडीओ नलिने र लोड नगर्ने घोषणा गरेका छन् ।

त्यस्तै महासंघले देशभर २० गतेबाट सम्पूर्ण पेट्रोलियम ढुवानी ट्यांकरले पीडीओ नलिने र लोड नगर्ने समेत जनाएका छन ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स