जनार्दन शर्मा पुनः अर्थमन्त्रीमा नियुक्त हुँदै, आजै शपथ ग्रहण गराउने तयारी

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्मा पुनः अर्थमन्त्रीमा नियुक्त हुने भएका छन् । संसदीय छानबिनले उनी माथिको आरोपमा सफाइ दिएपछि शर्मालाई पुनः अर्थमन्त्रीमा नियुक्त गर्न लागेको हो । उनलाई आजै शपथ ग्रहण गराउने तयारी गरिएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई नै अर्थमन्त्री नियुक्त गर्न सिफारिस गरेका छन् ।

आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई करको दर हेरफेर गरेको आरोप लागेपछि उनले गत असार २२ गते राजीनामा दिएका थिए ।

यसबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले बजेट निर्माणको क्रममा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेको नदेखिएको प्रतिवेदन गत शुक्रबार बुझाएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स