अवैध काठसहित ट्र्याक्टर चालक पक्राउ

काठमाडौं ।अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा अवैध काठसहित ट्र्याक्टर चालक पक्राउ परेका छन् ।

भूमिकास्थान नगरपालिका–६ खिल्जीको माछामारेमा ६६ं४८ क्युफिट सालको काठसहित, लु३त ३९६९ नम्बरको ट्र्याक्टरका चालक २७ वर्षीय विनोद परियारलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाका अनुसार जिल्ला प्रहरी र प्रहरीचौकी खिल्जीको संयुक्त टोलीले जाँच गर्दा अवैध काठ फेला परेको हो ।

काठसहित चालक परियारलाई कारबाहीका लागि डिभिजन वन कार्यालयमा बुझाइएको प्रमुख थापाले जानकारी दिए।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स