काठमाडौं । बिहिबार छापावाला सुनको मूल्य २ सय रूपैयाँले घटेको छ ।
बुधबार, सुनको मूल्य ९१ हजार कायम भएकोमा आज भने २ सय रूपैयाँले घटेर ९० हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ३ सय रुपैयाँ कायम भएको छ ।
साथै, बुधबार चाँदी प्रतितोला ११ सय ९५ रूपैयाँ कायम भएकोमा आज भने १० रूपैयाँले बढेर १२ सय ५ रूपैयाँ कायम भएको छ ।