सेबोन अध्यक्ष ढुंगानको विषयमा छानबिन गर्न सरकारले बनायो समिति

काठमाडौं । विवाहित छोरीले खरिद गरेको सेयर विवादमा मुछिएका नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष भिष्मराज ढुंगानाको छानबिन गर्न सरकारले समिति गठन गरेको छ ।

सरकारले अध्यक्षकी छोरीले सेयर खरीद गरेको विषयमा छानबिन गर्न उच्च अदालतका पूर्व न्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा ३ सदस्यीय छानबिन समिति गठन गरेको हो ।

सरकारले अध्यक्षकी छोरीले सेयर खरीद गरेको विषयमा छानबिन गर्न उच्च अदालतका पूर्व न्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा ३ सदस्यीय छानबिन समिति गठन गरेको हो ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले बोर्डका अध्यक्षका सम्बन्धमा छानबिन गरी प्रतिवेदन पेश गर्न समिति बनाएको हो । समितिमा विज्ञ सदस्यका रुपमा नारायणप्रसाद पौडेल र नेपाल कानुन आयोगका सहसचिव अर्जुनकुमार खड्का रहेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स