४ महिना लामो निषेधाज्ञा हट्यो, रेष्टुराँदेखि सिनेमा हलसमम्म खुल्ने

काठमाडौं । काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले ४ महिनादेखि जारी निषेधाज्ञा हटाएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले ४ महिना लामो निषेधज्ञा हटाएको आदेश जारी गरेका हुन् ।

प्रमुख जिल्ला अधिकारीले जारी गरेको आदेशमा भदौ १७ गतेबाट भदौ मसान्तसम्म लागू हुने स्वास्थ्यको मापदण्ड पालना गर्दै निषेधाज्ञा खुला गरिएको बताइएको छ । सीडीओले गरेको आदेशअनुसार अव लामो समयदेखि बन्द रहेको सिनेमा हल, रात्रिकालीन व्यवसाय पनि सञ्चालन गर्न पाइने छ ।

‘सर्वसाधारण व्यक्ति, समूह तथा संस्थालगायतका निकायहरूबाट आर्थिक, सामाजिक तथा व्यवसायिक गतिविधिहरू सञ्चालन गर्दा नेपाल सरकारले तोकेको मापदण्ड पूर्ण रुपमा पालना गरेर मात्र सञ्चालन गर्न,’ आदेशमा भनिएको छ ।
यद्यपि अनावश्यक रुपमा मानिसहरू जम्मा हुने, भिडभाड गर्ने, सभा जुलुस गर्ने, जात्रा महोत्सव भोजआलि नगर्ने÷नगराउन आदेशमा उल्लेख गरिएको छ ।

स्थानीय ढुवानी बिहान ९.०० बजेदेखि ११.०० बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेसम्म गर्न नपाउने व्यवस्थालार्य भने कायम नै राखेको छ । सार्वजनिक तथा निजी निर्माण सामग्री ढुवानी बेलुका ९ बजेदेखि ५ बजेसम्म सञ्चालन गर्न पाउने व्यवस्था सीडीओको आदेशमा उल्लेख गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी पराजुलीका अनुसार शैक्षिक संस्थाहरु (विद्यालय)ले भौतिक उपस्थितीमा पठन पाठन गर्न गराउन पाइने छैन । गर्नै पर्ने भएमा नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधान भित्र रही स्थानिय तहहरुले जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालय सञ्चालनको निणर्य गर्न सक्ने सकिने छ ।

तर, काठमाडौं महानगरपालिका भने विद्यालय सञ्चालनबारे अन्योल रहेको छ । महानगर प्रमुख विद्यासुन्दर शाक्यले विद्यालय सञ्चालनबारे छफफल गरेर मात्र निर्णय गर्ने जानकारी दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स