रोटरी क्लब अफ गोंगबुको सातौं पदस्थापना कार्यक्रम सम्पन्न

काठमाडौं । रोटरी क्लब अफ गोंगबुको सातौं पद हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रम आइतबार सम्पन्न भएको छ । एक कार्यक्रमकाबीच रोटरी क्लब अफ गोंगवुका वर्ष २०२१/२२ का अध्यक्ष सुदिप बस्नेतले वर्ष २०२२/२३ का अध्यक्ष महेश्वरमानसिंह बस्नेतलाई पद हस्तान्तरण गरेका हुन् ।

सोही कार्यक्रममा वर्ष २०२२/२३ का पदाधिकारी तथा डाइरेक्टरहरुलाई सपथ ग्रहण गराइएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि आर आइ ३२९२ नेपाल भुटानका डिष्ट्रिकका पूर्व गभर्नर केशब कुँवरले विश्वप्यापी रुपमा आफ्नै प्रतिष्ठा भएको मानवीय संस्था रोटरीको छवि उच्च राख्न क्लबहरुबाटै व्यवस्थित रुपमा अगाडि बढ्नुपर्ने बताएका थिए ।

उनले रोटरीको मुल मान्यता नै सेवा गर्नु रहेकोले यसबाट व्यक्तिगत स्वार्थको कल्पना गर्न नसकिने बताए । कार्यक्रममा बोल्दै पूर्व एसिस्टेन्ट गर्भनर जनरल शरद न्यौपानेले क्वलका हरेक सदस्यको क्रियाशिलताले क्लबका योजना र लक्ष्य पुरा गर्न सकिने बताएका थिए ।

पदभार ग्रहण गर्दै अध्यक्ष बस्नेतले रोटरी क्लब अफ गोंगबुले अगाडि सारेका योजनाको जानकारी दिँदै आफ्नो कार्यकालमा क्लबमा उत्कृष्ट र रचनात्मक कार्य गर्ने प्रतिवद्धता जनाएका थिए । कार्यक्रममामा वर्ष २०२१/२२ मा गरेका कार्यक्रमहरुका बारेमा निवर्तमान अध्यक्ष सुदिप बस्नेतले जानकारी गराएका थिए ।

कार्यक्रममा क्लबका गतिविधिमा योगदान पुराउने सदस्य तथा अतिथिहरुलाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो । सोही कार्यक्रममा चार जना नयाँ सदस्यलाई स्वागत समेत गरिएको थियो । कार्यक्रम २०२२/२३ अध्यक्ष महेश्वरमानसिंह बस्नेतको अध्यक्षता, सचिव अनुज श्रेष्ठको संचालन, प्रेसिडेन्ट इलेक्ट निर्मल प्रसाद न्यौपानेको स्वागत र उपाध्यक्ष हरेराम लामिछानेको धन्यावाद ज्ञापन सहित कार्यक्रम सम्पन्न गरिएको थियो ।

प्रतिक्रिया

हेडलाइन्स