कम्पनीले असार २९ गतेदेखि साउन १ गतेसम्म सर्बसाधारणलाई आईपीओ क्रि खुला गरेको थियो । कम्पनीले सर्वसाधारणलाई २३ लाख ६६ हजार २ सय ४० कित्ता सेयर निष्काशन गरेको हो । कम्पनीले स्थानीयलाई आईपीओ निष्काशन गर्दा बिक्रि नभएको ३७ हजार ६ सय २३ कित्ता समेत थपेर सर्वसाधारणलाई निष्काशन गरेको हो।
सर्वसाधारणलाई निष्काशन गरिने २३ लाख ६६ हजार २ सय ४० कित्ता मध्ये ५ प्रतिशत अर्थात् १ लाख १८ हजार ३ सय १२ कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो । त्यस्तै ३ प्रतिशत अर्थात् ७० हजार ९ सय ८८ कित्ता सेयर कम्पनीका कर्मचारीको लागि छुट्याईएको थियो । बाँकि रहेको २१ लाख ७६ हजार ९ सय ४० कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका हुन्।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट आयोजना प्रभावित स्थानिय र सर्वसाधारणलाई गरि २९ करोड ४१ लाख ४१ हजार बराबरको २९ लाख ४१ लाख ४१ हजार कित्ता सेयर निष्काशनको लागि अनुमति पाएको हो । कम्पनीले रुकुममा ५ मेगावाटको रुकुम गाड हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।