काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यावद र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवबीच शिष्टाचार भेटघाट सम्पन्न भयो । उक्त भेटघाटमा विशेषगरि जिटुजि विधिवाट भारतवाट रासायनिक मलको आपूर्ति, नश्ल सुधारका लागि भारतवाट मुर्रा जातको भैसी आयात, उखु तथा कफिको आयात, मानव संशाधन विकासका लागि अध्ययन र तालिम, पशुपन्छीजन्य महामारी र अन्य रोग नियन्त्रण तथा रिपोर्टिङका लागि दुवै देशको संयुक्त संयन्त्र निर्माण लगायतका विषयहरुमा छलफल भयो